बुटवल। रुपन्देहीको तिलोत्तमामा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।तिलोत्तमा नगरपालिका– २ शंकरनगरमा माइक्रो बसले ठक्कर दिँदा स्थानीय ५ वर्षीय रेखा घर्तीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी विजयराज पण्डितका अनुसार शंकरनगरबाट वनबाटिकातर्फ जाँदै गरेको लु १ ख ४५६६ नम्बरको माइक्रोबसले बालिकालाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि मणिग्रामस्थित क्रिमसन अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।बालिकाको मृत्युपछि माइक्रोबस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ असार २०८१, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा जिप खस्दा तीन जनाको मृत्यु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु