काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट आफूले पार्टीको नेतृत्व लिन पाए नयाँ क्रान्तिकारी पुस्ता निर्माण गर्ने दाबी गरेका छन् ।
अहिलेको अवस्थामा आम कार्यकर्ताको आवश्यकता, चाहना र कम्युनिस्ट आन्दोलनको आवश्यकता र चाहनालाई ध्यानमा राख्दा पार्टीलाई क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्तको दिशामा सबभन्दा पहिले रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको पनि खनालको भनाइ छ ।
‘मैले महाधिवेशनबाट जिम्मेवारी लिएँ भने नयाँ क्रान्तिकारी पुस्ता निर्माण गर्ने काममा लाग्नेछु’, खनालको भनाइ छ ।मंगलबार खनालले नेकपा एकीकृत समाजवादी समर्थक सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘अहिले पार्टीसामु थुप्रै वैचारिक, राजनीतिक, सैद्धान्तिक र सङ्गठनात्मक चुनौती छन् ।
यी चुनौती सामना गर्न क्रान्तिकारी ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’ उनले त्यो आवश्यकता पूर्तिका निम्ति आफूले आफ्नै ढंगले भूमिका खेल्नुपर्ने देखिरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ असार २०८१, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दलहरू मुलुकको आर्थिक तथा सामाजिक सुधारका लागि गम्भीर हुनुपर्छ : नेता खनाल
'हरेकदिन २५ सय मानिस विदेशिन्छन्, यही हो बहुदलीय जनवाद ?' : झलनाथ खनाल
दुई वटा हात्तीको सरकारका कारण देश सङ्कटमा फस्यो: झलनाथ खनाल
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल
झलनाथ खनाल चीन प्रस्थान
पूर्वप्रधानमन्त्री खनाल ६ दिने चीन भ्रमणमा जाने