काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीले व्यवसायहरू अबका दिनमा पुरानै ढर्राले नचल्ने बताउँदै भित्रिदो प्रविधि र मेकानिजममा आधारित हुनुपर्ने बताएका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आफू बिग्रिएर गाली अरुलाई गर्न नहुने बताएका हुन् । उनले भने, ‘देशभित्र राम्रो अवसर छ । तर आ-आफ्नो व्यवसाय गर्दा स्वमूल्याङ्कन चाहिँ गर्नुपर्छ । व्यवसायलाई पनि आधुनिकीकरण गर्नु आवश्यक छ । नयाँ प्रविधि र नयाँ मेकानिजमका आधारमा गर्न आवश्यक छ । हाम्रो व्यवसाय पुरानै ढर्रामा चलेका छन् । ग्राहकलाई घरमै सामान पुर्याइदिने संस्कृति विकास हुँदैछ । होइन, मेरो त पसलमै ग्राहक आएर खाइदेला भन्यो भने हुँदैन । आफ्नो व्यवसायका मोडेल आफूले तयार गर्नुपर्दछ । आफू बिग्रिने गाली अरुलाई गरेर हुन्छ त रु’
राष्ट्र बैंक व्यापार व्यवसाय गर्नका लागि वातावरण सिर्जना गरिरहेको उल्लेख गर्दै गभर्नर अधिकारीले सबै व्यवसायीहरुले आफ्नो व्यवसायको गुणस्तर बढाउँदै लैजानुपर्ने बताए ।
साउनको पहिलो हप्तामै मौद्रिक नीति ल्याउने दाबी गरेका अधिकारीले आवश्यक सुझावहरु सङ्कलन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असार २०८१, २० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगानीकर्ताहरूले सेयर बजार सुधार्न गभर्नरलाई भेटेर दिए ६ सुझाव
बैंकिङ क्षेत्र सुधार कार्यदलले गभर्नरलाई बुझायो प्रतिवेदन
अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाएको छौँ : गभर्नर पौडेल
गभर्नर पौडेलले घटाए नीतिगत दर, ४.५ प्रतिशत कायम
नेपाल राष्ट्र बैङ्कले गर्यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ