काठमाडौँ । गभर्नर डा. विश्वनाथ पौडेललाई भेटेर लगानीकर्ताहरूले सेयर बजार सुधार्न आवश्यक ६ सुझाव दिएका छन्।
लगानीकर्ताका विभिन्न संघहरूले गभर्नर पौडेललाई भेटेर संयुक्त सुझाव दिएका हुन्। उनीहरूले सेयर बजारमा बैंकहरूलाई सहज रूपमा लगानी गर्न दिनुपर्ने, प्राथमिक पुँजीकोषको आधारमा लाग्दै आएको सीमा परिमार्जन गर्नुपर्ने, व्यक्तिगत सेयर धितो कर्जामा राखिएको २५ करोडको सीमा हटाउनुपर्ने सुझाव दिएका हुन्।
त्यस्तै, लघुवित्तहरूमा रहेको २५ प्रतिशतसम्मको लाभांश सीमा हटाउनुपर्ने र यस्ता संस्थालाई कार्यसञ्चालनमा पूर्ण स्वतन्त्रता दिँदै प्रतिस्पर्धात्मक बनाउनुपर्ने सुझाव पनि दिएका छन्।
लगानीकर्ताहरूले बैंक तथा वित्तीय संस्थाहरूले दिने सेयर कर्जाको सीमा परिमार्जन गर्नुपर्ने र गैर आवासीय नेपालीलाई बजारमा प्रवेश गराउने वातावरण बनाउनुपर्ने उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असोज २०८२, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६ सय नाघ्यो सेयर बजार
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा
नेप्से ३१ अंकले बढ्यो, ९ अर्बको कारोबार
२६०० अंकमा पुग्यो सेयर बजार
घट्यो सेयर बजार