काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल गृहमन्त्री र रक्षामन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री र रक्षामन्त्रीले पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको बताए।
उनले भने, ‘सदनमा केही समयअघि गृहमन्त्रीले यही सदनमा विदेशीलाई सूचना बेच्ने मान्छे छ भन्नुभयो। हिजो रक्षामन्त्रीले प्रश्नको उत्तर दिने क्रममा जे अभिव्यक्ति दिनुभयो त्यो उहाँको पदीय मर्यादाभित्र पर्छ भन्ने मलाई लाग्दैन। बजेट आयो सबै मन्त्रीहरूले आफ्नो हात जगन्नाथ भनेजस्तै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै लानुभयो।’
उनले सरकारले सदनलाई हेपेको आरोप लगाए। उनले थपे, ‘सरकारले संसदलाई हेपेको छ, प्रधानमन्त्री भन्नुहुन्छ मेरो निर्देशन कसैले मान्दैन। प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुन्छ ? यो अराजकता कहिले अन्त्य हुन्छ ? यो देश सरकारले चलाएको छ कि अन्त कतैबाट म जवाफ चाहुन्छ ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असार २०८१, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एक पटक वडास्तरमा अद्यावधिक गरेपछि सदस्यता बारम्बार नवीकरण गर्न नपर्ने’ : प्रदीप पौडेल
सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल
‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’: प्रदीप पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता
राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : प्रदीप पौडेल