काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र संघीय संसद सचिवालयका आन्दोलनरत कर्मचारीहरुबीच छलफल भइरहेको छ । छलफल संघीय संसद भवन नयाँबानेश्वरमा जारी छ ।
संघीय संसद सचिवालयका कर्मचारीहरु अतिरिक्त समयमा काम गरेको पारिश्रमिक र भत्ता वृद्धिको माग गर्दै आन्दोलनमा छन् । उनीहरुको समस्या समाधानका लागि सरकारले यही असार ९ गते कानुनमन्त्री गिरीको नेतृत्वमा सहजीकरण समिति गठन गरेको थियो ।
समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिव सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असार २०८१, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख दलका सचेतकहरूसँग छलफलमा सभामुख