प्रमुख दलका सचेतकहरूसँग छलफलमा सभामुख

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०८२, ११ : ५१
प्रमुख दलका सचेतकहरूसँग छलफलमा सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुख घिमिरेले संसद् अवरोध हटाउने विषयमा छलफल गरेका हुन् । 

संसद्को चौथो दल रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालय र अध्यागमन कार्यालयका कर्मचारीसमेत संलग्न रहेको भन्दै छानबिनको माग गर्दै संसद् अवरोध गरिरहेको छ । 

संसद् अवरोधका कारण बजेटमाथिको छलफल र महत्त्वपूर्ण विधेयकहरू अघि बढ्न सकेका छैनन् । आज ११ बजेलाई बोलाएको प्रतिनिधि सभा बैठक अघि सभामुखले दलका प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल गरेका हुन ।

 

प्रतिक्रिया दिनुहोस