काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुख घिमिरेले संसद् अवरोध हटाउने विषयमा छलफल गरेका हुन् ।
संसद्को चौथो दल रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालय र अध्यागमन कार्यालयका कर्मचारीसमेत संलग्न रहेको भन्दै छानबिनको माग गर्दै संसद् अवरोध गरिरहेको छ ।
संसद् अवरोधका कारण बजेटमाथिको छलफल र महत्त्वपूर्ण विधेयकहरू अघि बढ्न सकेका छैनन् । आज ११ बजेलाई बोलाएको प्रतिनिधि सभा बैठक अघि सभामुखले दलका प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल गरेका हुन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले प्रमुख सचेतकमा ऐन महर
संसदीय दलको नेता ज्ञानेन्द्र शाही र प्रमुख सचेतक खुश्बु ओलीलाई बनाउने राप्रपाको निर्णय
सभामुख र प्रमुख सचेतकबिचको बैठक स्थगित