काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको छ ।
रास्वपाको तर्फबाट हुनसक्ने सिफारिसका लागि पार्टीको अन्तराष्ट्रिट सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको हो ।
सोही मापदण्डका आधारमा रास्वपाले सर्वाजनिक सूचना जारी राजदूृतका लागि आवेदन मागेको छ । आएका आवेदनको अन्तिम सूचीबाट योग्यता क्रमका आधारमा रास्वपा सचिवालयको अनमोदनपछि नियक्तिको सिफारिस गरिने संयोजक खनालले बताए ।
असार ६ मा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेबिच राजदूतमा भागबण्डा भएको थियो । सोही अनुसार सरकारले असार ७ मा ८ देशका लागि राजदूत सिफारिस गरेको थियो ।
एमालेबाट ५, अशोक राई नेतृत्वको जसपाका २ र माओवादीका १ जना राजदूतमा सिफारिस भइसकेका छन् भने रास्वपाको भागमा परेको दुई र माओवादीको भागका १ जनाको सिफारिस हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असार २०८१, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि कारागारबाट बाहिरिएपछि पुराना दलहरू आत्तिए : रास्वपा
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)
रास्वपाको समानुपातिक सांसद बन्ने होड : आवेदन दिएका सातै प्रदेशका उम्मेदवारको सूची प्रकाशित