काठमाडौं। युवा नेता खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्का संस्थामा संसद्को भन्दा डरलाग्दो राजनीति हुने गरेको बताएका छन् ।आइतबारको प्रतिनिधि सभा बैठकमा बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
‘खेलकुद परिषद् पञ्चायत व्यवस्थाजस्तो अहिले पनि भोगिरहेका छौं भन्ने धेरै मान्य सांसदहरूको कुरा आयो,’ उनले भने, ‘मेरो पनि तीतो अनुभव छ । खेलाडीको हकहितभन्दा संघको राजनीति डरलाग्दो हुँदो रहेछ । ४७ सालदेखिको विवाद मिलाएर बस्नुपरेको छ ।’
यस अघि अनुभव भएकाले सहयोग गरे विकृति अन्त्य गर्न सकिने उनले बताए ।खेलकुदमा १५ सय योजनाको माग भएको र यसको लागि १५ खर्ब बजेट चाहिने उनले बताए ।
‘माग भएर आएको योजना १५ सय थिए । यसको लागि बजेट १५ खर्ब चाहिने थियो । तर हामीले बजेट डेढ अर्ब मात्रै पायौं । १० औं राष्ट्रिय खेलकुदको तयारी धेरै अगाडि बढेकाले ६० करोड यसको लागि तोक्यौं,’ उनले भने, ‘क्रिकेट क्रेज बढेको छ यसैले मूलपानीलाई राष्ट्रिय गौरवमा लिएकाले चोखो ५० करोड यसमा राख्नुपर्यो । हरेक माननीयलाई बजेट नगए नी राष्ट्रले गौरव गर्ने गरी बजेट हालेका हौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असार २०८१, १५ : २९
लेखकबाट थप