राजविराज–सखडा खण्ड मर्मत गरिँदै

सफल खबर संवाददाता

शनिबार, ०८ असार २०८१, १५ : ३७
राजविराज–सखडा खण्ड मर्मत गरिँदै

सप्तरी। वर्षाको समयमा राजविराज–सखडा र सखडा–नेउर खण्डमा आवागमनमा समस्या हुने भएकाले पाँच दिनभित्र मर्मत गरिने भएको छ ।

छिन्नमस्ता गाउँपालिकामा सडक डिभिजनका कर्मचारीसहित स्थानीय जनप्रतिनिधि बैठकले आवश्यक मर्मतसम्भार गरी आवतजावत सहज बनाउन तत्काल काम शुरू गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

वर्षाले हिलाम्मे भई आवतजावत अवरुद्ध भएको उक्त सडकलाई पाँच दिनभित्र मर्मत गरिने सडक डिभिजन कार्यालय लहानका प्रतिनिधि र ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएका उनले बताए ।

गाउँपालिका अध्यक्ष चौधरीले भने- 'पाँच दिनमा सडक स्तरोन्नति गरी वर्षामा सहज आवागमन बनाउने सहमति भएको छ । छैटौं दिनसम्म काम सम्पन्न जनप्रतिनिधिसहित स्थानीय सडक डिभिजन कार्यालयमा धर्नामा बस्ने निर्णय गरेका छौं ।

रुपनी–छिन्नमस्ता २२ किलोमिटर सडकमा बोलपत्र आह्वान भए पनि कामले गति लिन सकेको छैन ।अहिले वर्षाको समयमा राजविराज हुँदै छिन्नमस्ता दर्शनका लागि आउने-जाने श्रद्धालुले सास्ती खेप्नु परिरहेको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस