काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बानेश्वरस्थित संसद् भवनमा हिजो बसेको दलको बैठकमा बजेट पारित नहुन्जेल सबै सांसद अनिवार्य उपस्थित भई सुरुदेखि अन्तिमसम्म बसेर छलफलमा भाग लिने निर्णय गरेको हो ।
संसद्को दुवै सदनमा हाल आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल चलिरहेको छ । आगामी आर्थिक वर्षका लागि विभिन्न जिल्लामा छुट्याइएको बजेटका विषयमा पनि सांसदहरुले धारणा राखे पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । सांसदहरुले बजेट निर्माण पद्धति ठिक भयो, भएन भनी समीक्षा गर्नुपर्ने भनी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
बजेटका विषयमा हुने छलफलमा सक्रिय सहभागिता जनाई पारित हुने दिन प्रमुख प्रतिपक्षी दल काँग्रेसले विपक्षमा मतदान गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असार २०८१, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण