काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शनिबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज केही तरकारीको मूल्य घटेको छ भने कतिपय तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज पनि गोलभेँडा, फर्सी, बन्दा, भन्टा, चिचिन्डो, घिरौँलासहितका तरकारीको मूल्य अरु तरकारीको दाँजोमा कम छ।
कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेँडा र सबैभन्दा महँगो तरकारी डल्ले च्याउ छ। सानो लोकल गोलभेँडा आज किलोको १२ रुपैयाँमा किनबेच हुँदा डल्ले च्याउ २९० रुपैयाँमा किनबेच भइरहेको छ।
कालीमाटीमा आज कन्य च्याउ १६८, रातो आलु ५६, भारतीय रातो आलु ४९, सुकेको भारतीय प्याज ८७, बन्दा २२, स्थानीय काउली ५०, लाम्चो भन्टा ३५, करेला ३०, चिचिन्डो २५, घिरौँला ३६, हरियो फर्सी ३०, भिन्डी ६५, तोरीको साग २५ रुपैयाँ प्रतिकिलोका दरले किनबेच भइरहेको छ। यो सबै औसत मूल्य हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असार २०८१, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोलभेँडादेखि राजा च्याउसम्म ः यस्तो छ आजको मूल्यसूची
परीक्षणबिनै भान्सामा पुग्छ तरकारी !
वर्षाका कारण बजारमा पाइन छाड्यो तरकारी
आज कुन तरकारी र फलफूलको कति छ मूल्य ?
दूध र तरकारीमा आत्मनिर्भर बन्यो बिहादी गाउँपालिका
तरकारीले बजार नपाउँदा किसान मर्कामा