काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले भालुवाङ प्युठान मोटरबाटोका सम्बन्धमा सरकारको ध्यान नपुगेको भन्न प्रयोग गरेको उखान संसदीय रेकर्डबाट हटेको छ ।
यो बाटोका लागि सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा उचित रकम नदिइएको र बर्षायाममा गर्नुपर्ने पूर्वतयारी लगायतका काम नभएको भन्दै सरकारको आलोचना गरेका थिए ।
समस्या आएपछि समाधान गर्नेभन्दा पूर्वतयारी गर्नुपर्ने भन्नका लागि उनले एउटा उखान प्रयोग गरेका थिए । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले लैङ्गिक भेदरुपी उखान प्रयोग गरेको भन्दै नियमापत्ति गरिन् ।
त्यसपछि सभामुख देवराज घिमिरेले असंसदीय शब्द र लैङ्गिक भेद देखिने शब्द आएको उल्लेख गर्दै त्यसलाई हटाएको जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ असार २०८१, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको राजीनामा फासफुस गराउनलाई होइन : सूर्य थापा
गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ: सूर्य थापा
कुलिङ अफ पिरियड हेरफेरको जिम्मेवारी समितिका सभापति र सचिवले लिनुपर्छ : सूर्य थापा
माधव नेपालको पदलोलुपता अशोभनीय: सूर्य थापा
नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्न सूर्य थापाको प्रस्ताव
भारदारकालदेखि नै नेपालमा राजनीतिक अस्थिरता छ : सूर्य थापा