काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरिबन्धु टिस्टेटको जग्गामा काँग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले ०५२ सालमा एमालेकै सरकार रहेको, २०६० सालको सरकार सूर्यबहादुर थापाको सरकार रहेको तर काँग्रेसले भूमि सुधार मन्त्रालयको जिम्मा नलिएको र ०७८ सालमा केपी शर्मा ओलीकै सरकार रहेको भन्दै गिरिबन्धु प्रकरणमा काँग्रेसले यदि कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए गिरिबन्धुको फाइल खोल्न र छानबिन समिति बनाउन चेतावनी दिए ।
शर्माले ओलीले आवेगले प्रश्न उठाएको भन्दै उनलेआवेगले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन काँग्रेस पछि नपर्ने बताए । उनले भने, ‘हामीमा आवेग कतिसम्म छ भने, तपाईँहरूले सुन्नुभयो नि । भर्खरै केपी कमरेडले फेरि पनि भन्नुभयो की, गिरिबन्धु प्रकरणमा काँग्रेसले ९१ बिगाहा जग्गा बेचेर कमिसन खायो । त्यो कपी कमरेडमा रहेको अधिकतम आवेगको कुरा हो । गिरिबन्धु प्रकरणमा काँग्रेसले यदि कुनै जग्गा कमिसन खाएर बेचेको कतै एक टुक्रा माटो छ भने तपाईं पनि झापाको मान्छे, म पनि झापाको मान्छे, म आग्रह गर्न चाहन्छु, सरकारमा तपाईंहरु हुनुहुन्छ, खोल्नुस् गिरिबन्धुको फाइल र बनाउनुस् छानबिन समिति ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ असार २०८१, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वन क्षेत्र जोगाउन साझा मत बनाऔँ: विश्वप्रकाश शर्मा
सहमतिभन्दा बाहिर चलिरहे सहकार्यमा दरार आउन सक्ने एमालेलाई विश्वप्रकाशको चेतावनी
आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैन: विश्वप्रकाश शर्मा
‘कुलिङ पिरियड’मा भएको फेरबदल गम्भीर त्रुटि हो, हामी सबै त्यसका अंशियार छौँ: विश्वप्रकाश
गृहमन्त्रीमाथि उजुरी परेको छैन, अनुसन्धान उहाँसम्म पुगे पद छाड्नुहुन्छ : विश्वप्रकाश शर्मा
शिक्षकलाई जस्तै निजामती कर्मचारीलाई पनि सडकमै पुग्ने वातावरण नबनाऔँ: विश्वप्रकाश शर्मा