एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगेका छन्।
उनको विमान बिहीबार बिहान १ बजेर ४० मिनेटमा राजधानी हनोईको नोइ बाई विमानस्थलमा अवतरण भएको बीबीसीले जनाएको छ।
पुटिनलाई विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हा र कम्युनिस्ट पार्टी अफ भियतनाम (सीपीसी) केन्द्रीय समितिका प्रमुख ली होइ ट्रुङले स्वागत गरे।
रुसी सञ्चारमाध्यम आरटीका अनुसार पुटिनले राष्ट्रपति तो लाम र प्रधानमन्त्री फाम मिन्ह चिनलगायत शीर्ष भियतनामी अधिकारीसँग भेट गर्नेछन्।
उक्त भेटवार्तामा दुई देशबीच आर्थिक साझेदारी, व्यापार, वैज्ञानिक तथा प्राविधिक सहयोगका साथै अन्य विषयमा छलफल हुनेछ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०६ असार २०८१, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेब्रुअरी १ सम्म किभमा आक्रमण नगर्न पुटिन सहमत
रुसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे ‘अध्ययन गर्ने’ पुटिनको घोषणा
युक्रेनको सन्दर्भमा हाम्रा लक्ष्य पूरा भएरै छाड्नेछन् : पुटिन
शान्ति वार्ता असफल भए थप भूमि कब्जा गर्नेे जेलेन्स्कीलाई पुटिनको चेतावनी
पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने
रुसको आर्थिक वृद्धिको गति सुस्त हुँदै गयो : पुटिन