काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले राजीनामा दिएकी छन् । राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङलाई सम्बोधन गरेर उनले राजीनामा दिएकी हुन् ।
उनले आफूलाई पार्टीको राष्ट्रिय प्रजातान्त्रिक संगठनको महिला तदर्थ समितिको संयोजकको रूपमा दिइएको जिम्मेवारी पूरा गर्दै प्रथम महाधिवेशनबाट गत वर्ष वैशाख २५ मा अध्यक्ष भएर धेरै काम गर्दा पनि असहयोग भएको भन्दै असन्तोष पोखेकी छन् ।
उच्च नेतृत्वलाई यसबारेमा जानकारी भए पनि सहयोग नभएको रावलले संकेत गर्दै राजीनामा दिएकी छन् । नेतृ रावलले आफूलाई पदभन्दा सिद्धान्त र नीति महत्त्वपूर्ण भएको उल्लेख गरेकी छन् ।
उनले राजीनामा पत्रमा लेखेकी छन्, ‘आजको दिनदेखि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय अध्यक्ष पदबाट राजीनामा दिँदै मलगायत सम्पूर्ण मेरो परिवार राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य र यो पार्टीको भोटरसमेत नरहने जानकारी दिन चाहन्छु ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असार २०८१, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा
राप्रपाका दुई केन्द्रीय सदस्यद्वारा राजीनामा
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने
राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा