काठमाडौं । काभ्रेको नमोबुद्धमा गाडीले ठक्कर दिँदा ८४ वर्षका एक वृद्धको मृत्यु भएको छ।
मंगलबार राति पौने १० बजे बीपी राजमार्गमा पर्ने नमोबुद्ध नगरपालिका ७ भकुण्डेस्थित बुद्धचोकमा भकुण्डेबाट काभ्रेकै कटुन्जेतर्फ जाँदै गरेको बा १० च २४९६ नम्बको बोलेरो गाडीले ठककर दिँदा उनको मृत्यु भएको हो।
मृत्यु हुनेमा स्थानीय शेरबहादुर लामा रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारको क्रममा राति ११ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनापछि लामालाई ठक्कर दिने बोलेरो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असार २०८१, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा जिप खस्दा तीन जनाको मृत्यु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु