काठमाडौं । काभ्रेको नमोबुद्धमा गाडीले ठक्कर दिँदा ८४ वर्षका एक वृद्धको मृत्यु भएको छ।
मंगलबार राति पौने १० बजे बीपी राजमार्गमा पर्ने नमोबुद्ध नगरपालिका ७ भकुण्डेस्थित बुद्धचोकमा भकुण्डेबाट काभ्रेकै कटुन्जेतर्फ जाँदै गरेको बा १० च २४९६ नम्बको बोलेरो गाडीले ठककर दिँदा उनको मृत्यु भएको हो।
मृत्यु हुनेमा स्थानीय शेरबहादुर लामा रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारको क्रममा राति ११ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनापछि लामालाई ठक्कर दिने बोलेरो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असार २०८१, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु