काठमाडौँ । आजदेखि काठमाडौंमा विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को तेस्रो बैठक सुरु भएको छ । राजधानीको सोल्टी होटलमा सुरु भएको यो बैठक विश्व बैंकले नेपालमा आयोजना गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो बैठक हो ।
यो बैठकमा सहभागीताका लागि विश्वभरका २०० भन्दा बढी देशका प्रतिनिधि काठमाडौंमा आउनेछन् । यही बैठकका लागि विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोट्सनवर्ग लगायतका उच्च पदाधिकारी नेपाल आइसकेका छन् ।
आज विहानदेखि सुरु भएको बैठकको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे । प्रत्येक ३ वर्षमा आयोजना हुने आईडीएको यो तेस्रो बैठक हो । यसअघि जापानमा बैठक बसेको थियो । यो बैठकले आगामी ३ वर्षसम्मका लागि विश्वभरका न्यून आय भएका मुलुकको विकास सहायतामा लिने नीति तय गर्नेछ ।
सो अवधिसम्म न्यून आय भएका मुलुकको विकासमा लिने ढाँचा, नीति र प्राथमिक्ता तथा सहुलियतपूर्ण ऋणको नीति बैठकले बनाउने छ । आजदेखि सुरु भएको यो बैठक जुन २१ सम्म चल्नेछ । यो नेपालमा मात्रै नभई दक्षिण एसियाली क्षेत्रमा नै आयोजित ठूलो बैठक हो ।
बैठकका लागि आएका विश्व बैंकका प्रतिनिधिहरु नेपाल बसाईक्रममा विश्व बैंकको सहयोग र सहुलियतपूर्ण ऋणमा निर्माणाधीन अवस्थामा रहेका आयोजनाको अनुगमन समेत गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असार २०८१, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्व बैंकद्वारा वायु प्रदूषण घटाउने परियोजनाका लागि ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग
साना तथा मझौला उद्यम विकासका लागि नौ करोड पचास लाख अमेरिकी डलर स्वीकृत
अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता
विश्व बैंकको अनुमान : यो वर्ष नेपालको आर्थिक वृद्धि मात्र २.१ प्रतिशत
नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
दक्षिण एसियाका लागि विश्व बैंक उपाध्यक्षमा जोहान्स जुट नियुक्त