झापा । झापाको कमल गाउँपालिका-४ चुलाचुली मोडस्थित राजमार्गमा यात्रुवाहक बस र टिप्पर एकापसमा ठोकिँदा २१ जना यात्रु घाइते भएका छन् ।
झिलझिलेबाट दमकतर्फ जाँदै गरेको बा ३ ख २१६६ नम्बरको टिप्पर र दमकबाट आउँदै गरेको को १ ख ५०८७ नम्बरको यात्रुबाहक बस आपसमा ठोकिएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा २१ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइतेमध्ये दमक रिसर्च सेन्टरमा ११ जनाको उपचार भइरहेको छ भने लाइफलाइन अस्पतालमा नौ जना भर्ना भएका छन् ।
घाइतेहरूको पूर्ण विवरण खुल्न बाँकी छ। प्रहरीले बस चालक उदयपुर त्रियुगा नगरपालिका ३ का ४५ वर्षीय अशोक बोट र टिप्पर चालक धनुषा गणेशमान नगरपालिका ५ का ३४ वर्षीय शेरबहादुर राईलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असार २०८१, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत