झापा । झापाको कमल गाउँपालिका-४ चुलाचुली मोडस्थित राजमार्गमा यात्रुवाहक बस र टिप्पर एकापसमा ठोकिँदा २१ जना यात्रु घाइते भएका छन् ।
झिलझिलेबाट दमकतर्फ जाँदै गरेको बा ३ ख २१६६ नम्बरको टिप्पर र दमकबाट आउँदै गरेको को १ ख ५०८७ नम्बरको यात्रुबाहक बस आपसमा ठोकिएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा २१ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइतेमध्ये दमक रिसर्च सेन्टरमा ११ जनाको उपचार भइरहेको छ भने लाइफलाइन अस्पतालमा नौ जना भर्ना भएका छन् ।
घाइतेहरूको पूर्ण विवरण खुल्न बाँकी छ। प्रहरीले बस चालक उदयपुर त्रियुगा नगरपालिका ३ का ४५ वर्षीय अशोक बोट र टिप्पर चालक धनुषा गणेशमान नगरपालिका ५ का ३४ वर्षीय शेरबहादुर राईलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असार २०८१, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु