काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज पनि बस्दै छ ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।
सचिवालयले जारी गरेको कार्यसूची अनुसार बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
त्यस्तै “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्” भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असार २०८१, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने
राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने
राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल
राष्ट्रियसभा बैठक बस्दै, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीले जवाफ दिने
राष्ट्रियसभा बैठक बस्दै
प्रधानमन्त्रीविरुद्ध राष्ट्रियसभामा नाराबाजी, बैठक स्थगित