काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनयुद्धका क्रममा राज्यबाट पीडित भएका जनताहरुले पनि क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् । आज (सोमबार) बेपत्ता परिवारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सहिद, घाइते, बेपत्ता परिवार र राज्यबाट पीडित भएका जनता सबैलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेको बताएका हुन् । अझै पनि गाउँ–गाउँमा जाँदा को जनयुद्धका वास्तविक पीडित को हो भन्ने अहिले पनि थाहा पाउन गाह्रो नरहेको उनले बताए ।
‘मैले प्रधानमन्त्रीसँग सिधै भनेको छु, अब जनताले पनि क्षतिपूर्ति पाउनुपर्छ । बलिदान भएको त भइनै हाल्यो । भौतिक विपत्तिको हिसाबले, पारिवारिक विपत्तिको हिसाबले र जीवनमा आएको संकटको हिसाबले लाखौंलाख जनताहरु जनयद्धको महान प्रक्रियामा राज्यबाट पीडित छन् । यसको हिसाब अहिलेसम्म भएको छैन । तर, त्यो हिसाब पनि अब गर्नेबेला भएको छ । थवाङमा जानुभयो भने आगो लागेको बस्ती अहिले पनि उस्तै छ । देशैभरी जानुभयो भने छलङ्ग देखिन्छ अहिले पनि । कसले बलिदान गरेको हो ? कसले दुःख गरेको हो ? को पीडित थियो भन्ने कुरा आज पनि छर्लङ्ग छ,’– उनले भने । प्रधानमन्त्री प्रचण्डले बेपत्ताहरुलाई बेवास्ता नगरेको उनको भनाइ छ । उनले प्रचण्डले बेपत्ता र उनीहरुको परिवारलाई केही गरौं भन्ने चाहेपनि नसकेको बताए । ‘माओवादीले लडेको छैन म भन्दिन, प्रचण्ड कमरेडले बेपत्ताहरुलाई बेवास्ता गर्नुभएको छ म भन्दिँन । तर, सक्नुहुन्न, कुरा त्यो हो । नसकेको हो नि । रियालिटी यो हो नि,’– उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ असार २०८१, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने