काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनयुद्धका क्रममा राज्यबाट पीडित भएका जनताहरुले पनि क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् । आज (सोमबार) बेपत्ता परिवारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सहिद, घाइते, बेपत्ता परिवार र राज्यबाट पीडित भएका जनता सबैलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेको बताएका हुन् । अझै पनि गाउँ–गाउँमा जाँदा को जनयुद्धका वास्तविक पीडित को हो भन्ने अहिले पनि थाहा पाउन गाह्रो नरहेको उनले बताए ।
‘मैले प्रधानमन्त्रीसँग सिधै भनेको छु, अब जनताले पनि क्षतिपूर्ति पाउनुपर्छ । बलिदान भएको त भइनै हाल्यो । भौतिक विपत्तिको हिसाबले, पारिवारिक विपत्तिको हिसाबले र जीवनमा आएको संकटको हिसाबले लाखौंलाख जनताहरु जनयद्धको महान प्रक्रियामा राज्यबाट पीडित छन् । यसको हिसाब अहिलेसम्म भएको छैन । तर, त्यो हिसाब पनि अब गर्नेबेला भएको छ । थवाङमा जानुभयो भने आगो लागेको बस्ती अहिले पनि उस्तै छ । देशैभरी जानुभयो भने छलङ्ग देखिन्छ अहिले पनि । कसले बलिदान गरेको हो ? कसले दुःख गरेको हो ? को पीडित थियो भन्ने कुरा आज पनि छर्लङ्ग छ,’– उनले भने । प्रधानमन्त्री प्रचण्डले बेपत्ताहरुलाई बेवास्ता नगरेको उनको भनाइ छ । उनले प्रचण्डले बेपत्ता र उनीहरुको परिवारलाई केही गरौं भन्ने चाहेपनि नसकेको बताए । ‘माओवादीले लडेको छैन म भन्दिन, प्रचण्ड कमरेडले बेपत्ताहरुलाई बेवास्ता गर्नुभएको छ म भन्दिँन । तर, सक्नुहुन्न, कुरा त्यो हो । नसकेको हो नि । रियालिटी यो हो नि,’– उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ असार २०८१, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना