काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको सवारी साधन (कार) किन्ने भएको छ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.सँग बैंकले ६ वटा पेट्रोलियम गाडी किन्ने भएको हो ।
गत वैशाख २४ गते एक सूचना जारी गर्दै राष्ट्र बैंकले आवश्यक ६ थान पेट्रोलियम (डिजेल/पेट्रोल) कार किन्न चाहेको भन्दै सार्वजनिक बोलकबोल आह्वान गरेको थियो । उक्त बोलकबोलमा परेको आवेदनका आधारमा न्यूनतम मूल्याङ्खित सारभूत प्रभावग्राहीका हिसाबले लक्ष्मी इन्टरकन्टिनेन्टललाई छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ ।
कम्पनीले ६ वटा कारका लागि कूल ३ करोड २९ लाख ७० हजार रुपैयाँ प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ असार २०८१, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
असार १५ भित्रै मौद्रिक नीति ल्याउने तयारी
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो