झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ भोटेपुलमा आज बिहान एकै घरका दुई बालकसहित तीनजना मृत फेला परेका छन् ।
सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा , उनका छोराहरु ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेका हुन् । अन्जली झुन्डिएको अबस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ जेठ २०८१, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापाबाट फर्किए पूर्वराजा
झापामा शल्यक्रियाबाट प्रसूति हुनेको संख्या उच्च
झापामा गाउँ पस्यो जंगली हात्ती
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा