काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा पार्टी केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सदस्यहरू आयोजकको हैसियतमा स्वतः राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुने भएका छन् ।
महाधिवेशनमा सबै नेताहरू वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने भनिएपनि अन्तिम समयमा आएर केन्द्रीय सदस्य र केन्द्रीय आयोगका सदस्य आयोजकको हैसियतमा स्वतः महाधिवेशन प्रतिनिधि हुने निर्णय गरेको हो ।
अध्यक्ष माधव नेपालले अपानी जारी गर्दै १०औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिनका लागि पार्टीको संगठित पार्टी सदस्यता प्राप्त गरी कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्ने बताएका छन् ।
अपानीमा भनिएको छ, ‘संगठित पार्टी सदस्यता प्राप्त मिति पूर्ववत् पार्टीमा संगठित सदस्यता प्राप्त गरेको मितिदेखिकै गणना हुनेछ । योग्यता नपुगेको व्यक्ति प्रतिनिधिमा छनोट भएमा प्रतिनिधि रद्द हुनेछ ।’
प्रतिनिधि चयनका लागि आवेदन शुल्क न्यूनतम दुई सय हुने अपानीमा उल्लेख छ । महाधिवेशन प्रतिनिधि शुल्क एक हजार र आयोजक प्रतिनिधिहरूको प्रतिनिधि शुल्क ५ हजार निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ जेठ २०८१, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने