काठमाडौं । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले नेपाल क्रिकेट संघको नेतृत्व आर्थिक अपचलनमा संलग्न रहेको आरोप लगाएका छन् । टी-२० विश्वकप क्रिकेट खेलका सन्दर्भमा नेपालीका लागि प्राप्त टिकट र भीआईपी टिकटमै अनियमितता भएको उनको आरोप छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘८० डलल पर्ने टिकट १३५ मा बिक्री गरेको भन्ने आएको छ । ४०० टिकट र २० वटा भिआइपी पासको पनि अवैध ढंगले बिक्री गरेको भन्ने गुनासो रहेको छ ।’
यस्तो आरोपबारे छानबिन गर्न उनको माग छ । उनले भनेका छन्, ‘क्यानको नेतृत्वले नेपाललाई नेपालको बेचइज्जत गर्दै काम गरेको, आर्थिक अपचलन गरेको, नेपालीलाई जिताउन नभएर हराउन भूमिका खेलिरहेको, खेलाडीहरूलाई शिर निहुराराएर हिड्न परिरहेको गुनासो रहेको छ ।’ यो विषयमा सरकारले आयोग नै बनाएर छानबिन गर्नुपर्ने उनको माग छ ।
खेलाडीको साख बेचेर खेलाडीलाई होटलमा उभ्याएर अमेरिकामा चन्दा उठाएर दुरुपयोग गरिएको, अवैध रुपमा जर्सीहरू अमेरिका लगेर महँगोमा नेपालीहरूलाई बिक्री गरेको र त्यो रकम पनि हिनामिना गरेको भन्ने गुनासो समेत सुनिएको उनले बताए ।
उनी थप्छन्, ‘खेलाडीले हस्ताक्षर गरेका ब्याग र टिसर्ट मर्याादाहीन ढंगले हिनामिना गरेको भन्ने आएको छ । अमेरिकामा बस्न नेपालीबट पैसा उठाएर क्यानको खातामा नराखेर दुरुपयोग गरेको भन्ने छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह