काठमाडौं । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले नेपाल क्रिकेट संघको नेतृत्व आर्थिक अपचलनमा संलग्न रहेको आरोप लगाएका छन् । टी-२० विश्वकप क्रिकेट खेलका सन्दर्भमा नेपालीका लागि प्राप्त टिकट र भीआईपी टिकटमै अनियमितता भएको उनको आरोप छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘८० डलल पर्ने टिकट १३५ मा बिक्री गरेको भन्ने आएको छ । ४०० टिकट र २० वटा भिआइपी पासको पनि अवैध ढंगले बिक्री गरेको भन्ने गुनासो रहेको छ ।’
यस्तो आरोपबारे छानबिन गर्न उनको माग छ । उनले भनेका छन्, ‘क्यानको नेतृत्वले नेपाललाई नेपालको बेचइज्जत गर्दै काम गरेको, आर्थिक अपचलन गरेको, नेपालीलाई जिताउन नभएर हराउन भूमिका खेलिरहेको, खेलाडीहरूलाई शिर निहुराराएर हिड्न परिरहेको गुनासो रहेको छ ।’ यो विषयमा सरकारले आयोग नै बनाएर छानबिन गर्नुपर्ने उनको माग छ ।
खेलाडीको साख बेचेर खेलाडीलाई होटलमा उभ्याएर अमेरिकामा चन्दा उठाएर दुरुपयोग गरिएको, अवैध रुपमा जर्सीहरू अमेरिका लगेर महँगोमा नेपालीहरूलाई बिक्री गरेको र त्यो रकम पनि हिनामिना गरेको भन्ने गुनासो समेत सुनिएको उनले बताए ।
उनी थप्छन्, ‘खेलाडीले हस्ताक्षर गरेका ब्याग र टिसर्ट मर्याादाहीन ढंगले हिनामिना गरेको भन्ने आएको छ । अमेरिकामा बस्न नेपालीबट पैसा उठाएर क्यानको खातामा नराखेर दुरुपयोग गरेको भन्ने छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो सचिवालय बैठक
एमालेले आधा महाधिवेशन प्रतिनिधि घटाउने !
एमालेको पार्टी सदस्य संख्या ६ लाख ६३ हजार कायम
च्यासलमा पाल टाँगेर एमालेले सुचारु गर्यो केन्द्रीय कार्यालय
जेन जी विद्रोहको तोडफोड र आगजानीमा एमाले कार्यकर्ताकै संलग्नता रहेको खुल्यो रहस्य
एघारौँ महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने एमालेको निर्णय