बुटवल । गुल्मी सदरमुकाम तम्घास नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।अर्घाखाँचीको छत्रदेव-७ नेटाबाट तम्घास देउराली जाँदै गरेको ना८ख ६६४४ नम्बरको टिपर दुर्घटनामा परेको हो।
दुर्घटनामा चालक अर्घाखाँचीको सन्धिखर्क-८ का २६ वर्षीय रामलाल पुरीको निधन भएको प्रहरीको भनाइ छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।सडकबाट ६० मिटर तल खस्दा तीन जना घाइते भई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएकोमा चालक पुरीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डिएसपी शङ्कर पोखरले बताए ।
दुर्घटनामा सन्धिखर्क ८ कै ३३ वर्षीय रिसभ केसी र अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिका २ बस्ने २९ वर्षीय नवीन घिमिरे घाइते भएका छन्। घाइतेमध्ये केसीको अवस्था गम्भीर रहेको र दुवै जनालाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ जेठ २०८१, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु