जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा सुरु हुँदैछ । जनकपुरधामको तिरहुतियागाछीमा महाधिवेशनको उद्घाटन हुने जसपा नेपालले जनाएको छ ।
उद्घाटन सत्रमा सहभागी हुन देशभरबाट नेता-कार्यकर्ताका साथै शुभकामना दिन विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि सहभागी हुँदैछन् । २० हजारभन्दा बढी नेता-कार्यकर्ता सहभागी हुने जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताए ।
उनका अनुसार महाधिवेशनका १३ सयभन्दा बढी प्रतिनिधि छनोट गरिएको छ । आज दिउँसो उद्घाटन सत्र पश्चात् साँझादेखि बन्दसत्र सुरु हुने छ । जसमा पार्टीको दस्तावेज, नीति कार्यक्रम प्रस्तुत गरिने छ ।
नयाँ नेतृत्व चयनका लागि ३० गते निर्वाचन सत्र सुरु हुने छ । २०१ सदस्य केन्द्रीय नयाँ केन्द्रीय समिति चयन गर्ने छ । हाल विधान अनुसार १५१ सदस्य केन्द्रीय समिति गर्ने प्रावधान छ । तर, विधान संशोधनको प्रस्ताव दर्ता भएकाले पारित भएर केन्द्रीय समिति २०१ सदस्यको बनाइने छ । त्यस अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत २०१ सदस्य चयन गर्ने तयारी छ ।
केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव पुनः दोहोरिने सम्भावना छ । अन्य पदमा भने प्रतिष्पर्धा हुने प्रवक्ता सुमनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ जेठ २०८१, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा