काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कांग्रेसमा गएपछि परिवर्तन, मूल्यमान्यता केहि होइन भन्ने बनाइदिने बताएका छन्। नेपालमा समाजवादी क्रान्ति विषायक अन्तर्क्रिया कार्यक्रममा संगठन भएन भने विचारको कुनै अर्थ नहुने दाबी गरेका छन्।
बुर्जुवा पार्टीले बुर्जुवाहरु जन्माउने उनको बुझाई छ। उनले भने,‘कांग्रेसले कांग्रेस छैन भनेपनि जय नेपाल भन्ने हिँड्ने, त्यसैगरी डेमोक्रेसी भन्ने, अरु कुनै कुराको वास्ता नगर्ने मान्छे भेटिन्छन्। अरु सिद्धान्त, विचार,समाज, परिवर्तन, मूल्य मान्यता केहि होइन भन्ने बनाइदिन्छ कांग्रेसकोमा गयो भने। कांग्रेसको संगठन कांग्रेस बनाउन काम गर्दैछ।’
उनले एकीकृत समाजवादीले समाजवादी क्रान्ति अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए। उनले भने, ‘समाजवादी क्रान्तिको दायित्व एकीकृत समाजवादीसँग छ। ओलीको बदमासीका कारण विचारको क्रान्ति ६ वर्ष पछाडि पर्यो। हाम्रो नालायकीले फेरि विचारको क्रान्ति पछाडि पर्न दिँदैनौं भन्ने संकल्प हामीले गर्नुपर्छ।’
भुसालले जनताका लोकप्रिय मत र शानका साथ समाजवादको कुरा गर्ने यो अन्तिम पुस्ता हुने दाबी गरे। उनले भने,‘समाजवादको कुरा गर्ने म अन्तिम महासचिव हुनेछु। माधवकुमार नेपाल अन्तिम अध्यक्ष हुनेछन्।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ जेठ २०८१, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै बन्धन चुँडालेर वाम एकता गर्न घनश्याम भुसालको अपिल
मेरो पुस्ताका नालायकीप्रति म लज्जित छु: घनश्याम भुसाल
नेपालको राजनीति रवि लामिछानेभन्दा पनि मनपरी बोल्नेहरूको हातमा जाँदै छ: घनश्याम भुसाल
घुस नखानेहरूको क्रान्तिकारी पार्टी आवश्यक छ: घनश्याम भुसाल
घनश्याम भुसालका टिप्पणी-‘च्यासलतिर मरणोपरान्त अध्यक्ष भइराख्नुस् भनेर आरती उतारिँदै छ
कार्यकारी पदमा बसेका नेताहरूले ठाउँ छाड्नुपर्छ: घनश्याम भुसाल