काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।
यसअघि शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको रिट ‘हेर्दा हेर्दै’मा राखिएको थियो । अध्यक्ष यादवले जसपा नेपाल विभाजन गरी अशोक राईले जनता समाजवादी पार्टी बनाएको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएकोविरूद्ध वैशाख ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको असंवैधानिक रहेको भन्दै यादव सर्वोच्च अदालत गएका गएका थिए ।
उक्त रिटमा जेठ २ गते न्यायाधीश विनोद शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्वाचन आयोगको दल दर्ताको प्रक्रिया यथास्थिति राख्न भनेको थियो ।
गत वैशाख २३ गते जसपा नेपालबाट फुटेर राई पक्षले पार्टी विभाजन गरेपछि निर्वाचन आयोगले वैशाख २४ गते दल दर्ताको प्रमाणपत्र दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ जेठ २०८१, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै