चितवन । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चितवनको माडी पुगेका छन् । चितवनको माडीमा पार्टीले सञ्चालन गरेको जनकम्युन अवलोकन गर्न महासचिव विप्लव आफ्नो सचिवालय टिमसहित शनिवार चितवन पुगेका हुन् ।
नेकपाले चितवनको माडीमा २० विघा क्षेत्रफलको जग्गा लिई जनकम्युन सञ्चालन गर्दै आएको विप्लव निकट पत्रकार सङ्गठनका अध्यक्ष प्रकाश डुम्रेले बताए ।
नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय उत्पादन विभाग गठन गरी पार्टीका विपिएम सन्देश पौडेललाई मुख्य जिम्मेवारी तोकेको छ । चितवनका स्थायी बासिन्दा समेत रहेका पौडेलको नेतृत्वमा २० बिघा क्षेत्रफलको जग्गामा ५ बिघामा माछा फर्म सञ्चालन गरिएको छ भने ४ विघामा चैते धान ,करिब ४ विघा क्षेत्रमा मकै, कृषि औजार र सिँचाइका लागि आधुनिक बोरिङ गाडिएको छ ।
सोही क्षेत्रमा रहेको विभागीय कम्युनमा विप्लवले शुक्रबार र शनिवार अवलोकन गर्नुका साथै यसलाई प्रभावकारी र व्यवस्थित बनाउने विषयमा स्थानीय पार्टी नेतृत्वसँग छलफल गरेका थिए । नेकपाले चितवन, पूर्वको सुनसरी, झापा, पश्चिम नेपालको बाँके, बर्दिया र पार्टी मुख्य कार्यालय रहेको कपिलवस्तुमा समेत ठुलो क्षेत्रमा पार्टी नेताहरूको सहभागितामा खेतीपाती गर्दै आएको छ ।
_7sfumIjC4O.jpg)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ जेठ २०८१, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव