काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले कसैसँग पनि पार्टी एकता नहुने बताएका छन् । सिमरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता खनालले एमालेसँग पार्टी एकता हुँदैछ भन्ने कुरा हल्लामात्रै रहेको बताएका हुन् । उनले अहिले पार्टी महाधिवेशनमा अगाडि बढेको बताउँदै अब नयाँ कार्यदिशा, नीति र सिद्धान्तका साथ अगाडि बढ्ने बताए ।
‘कसैसँग एकीकरण हुँदैन, यो सबै बेकारको कुरा हो । अहिले हामी कसैसँग पनि एकता गर्न सक्ने स्थितिमा छैनौ,’– उनले भने । नेता खनालले वर्तमान सरकारमा एमाले आफैं प्रतिपक्षजस्तो देखिएको टिप्पणी गरे । सरकारले विगतको तुलनामा राम्रो बजेट ल्याएको उनको दाबी छ । उनले समीकरणमा मिलाउन पर्ने कुराहरु मिलाएर अगाडि बढ्दा अर्को निर्वाचनसम्म यही सत्ता समीकरणको नेतृत्वमा सरकार रहिरहने उनको भनाइ छ ।
उनले भने, ‘अहिलेको सरकारको समीकरणमा मिलाउनु पर्ने कुरा धेरै बाँकी छन्, यसलाई मिलाउँदै गयो भने यो सरकारको आयु अर्को निर्वाचनसम्म पुग्छ तर, मिलाउन नसके अनेकन सम्भावना आइरहन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ जेठ २०८१, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी