काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले कसैसँग पनि पार्टी एकता नहुने बताएका छन् । सिमरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता खनालले एमालेसँग पार्टी एकता हुँदैछ भन्ने कुरा हल्लामात्रै रहेको बताएका हुन् । उनले अहिले पार्टी महाधिवेशनमा अगाडि बढेको बताउँदै अब नयाँ कार्यदिशा, नीति र सिद्धान्तका साथ अगाडि बढ्ने बताए ।
‘कसैसँग एकीकरण हुँदैन, यो सबै बेकारको कुरा हो । अहिले हामी कसैसँग पनि एकता गर्न सक्ने स्थितिमा छैनौ,’– उनले भने । नेता खनालले वर्तमान सरकारमा एमाले आफैं प्रतिपक्षजस्तो देखिएको टिप्पणी गरे । सरकारले विगतको तुलनामा राम्रो बजेट ल्याएको उनको दाबी छ । उनले समीकरणमा मिलाउन पर्ने कुराहरु मिलाएर अगाडि बढ्दा अर्को निर्वाचनसम्म यही सत्ता समीकरणको नेतृत्वमा सरकार रहिरहने उनको भनाइ छ ।
उनले भने, ‘अहिलेको सरकारको समीकरणमा मिलाउनु पर्ने कुरा धेरै बाँकी छन्, यसलाई मिलाउँदै गयो भने यो सरकारको आयु अर्को निर्वाचनसम्म पुग्छ तर, मिलाउन नसके अनेकन सम्भावना आइरहन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ जेठ २०८१, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा