मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा सवारी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।शुक्रबार बिहान मनहरी–९, रजैयामा एलपीजी ग्यास बोकेको ग्याँस बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको एएस–२५ डीसी ०२१२ नम्बरको बुलेटले विपरीत दिशातर्फबाट जाँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार कास्कीको पोखरा महानगरपालिका–११ की ३३ वर्षिय निर्मला अधिकारी रहेकी छिन् । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार अधिकारी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा हेटौँडा–११ स्थित चितवन मेडिकल कलेज चुरेहिल अस्पतालमा मृत्यु भएको प्रवक्ता भण्डारीले बताए ।
ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालक ३१ वर्षीय सुवास गुरुङ घाइते भएका छन् । उनको चितवन मेडिकल कलेज चुरेहिल अस्पताल हेटौँडामा उपचारका भइरहेको छ ।
ग्यास बुलेट चालक भारतको विहार राज्य पटियार थाना सदियान सुदमीका ३७ वर्षीय मनिन्द्र कुमार दासलाई नियन्त्रण लिइएको प्रवक्ता भण्डारीले बताए । घटनाबारे थप अनुसन्धान गरिरहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत