मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा सवारी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।शुक्रबार बिहान मनहरी–९, रजैयामा एलपीजी ग्यास बोकेको ग्याँस बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको एएस–२५ डीसी ०२१२ नम्बरको बुलेटले विपरीत दिशातर्फबाट जाँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार कास्कीको पोखरा महानगरपालिका–११ की ३३ वर्षिय निर्मला अधिकारी रहेकी छिन् । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार अधिकारी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा हेटौँडा–११ स्थित चितवन मेडिकल कलेज चुरेहिल अस्पतालमा मृत्यु भएको प्रवक्ता भण्डारीले बताए ।
ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालक ३१ वर्षीय सुवास गुरुङ घाइते भएका छन् । उनको चितवन मेडिकल कलेज चुरेहिल अस्पताल हेटौँडामा उपचारका भइरहेको छ ।
ग्यास बुलेट चालक भारतको विहार राज्य पटियार थाना सदियान सुदमीका ३७ वर्षीय मनिन्द्र कुमार दासलाई नियन्त्रण लिइएको प्रवक्ता भण्डारीले बताए । घटनाबारे थप अनुसन्धान गरिरहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु