काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आज जनमत पार्टीका सतिश कुमार सिंह मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन्।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समयसीमा आज सकिन लागेसँगै सिंहले मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन्।
उनले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन्।
जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले सरकार बनाउन प्रदेश प्रमुखसमक्ष अहिले केहीबेरमा दाबी पेश गरिने बताए। दाबी पेशपछि आज बिहान नै शपथ ग्रहण हुने बताइएको छ।
यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले तिरायो ५ सय जरिवाना
मधेशका मुख्यमन्त्रीसँग मन्त्री रावलले गरिन् छलफल
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ