रफाह । बिहीबार इजरायली सेनाले गाजा पट्टीको एक विद्यालयमा हमासलाई निशाना बनाएर गरेको आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । इजरायली सेनाले बताएअनुसार ज्यान गुमाउनेमा ५ जना बालबालिका रहेका छन् । हमलामा दर्जनौँ घाइते भएको बताइएको छ ।
बिहीबार बिहान नुसिरत क्षेत्रमा यो हमला गरिएको हो । यद्यपि यस आक्रमणबारे धेरै जानकारी दिइएको छैन । स्थानीय सञ्चारमाध्यमले उक्त हमलामा कम्तीमा ३९ जनाको मृत्यु भएको बताएका छन् । प्यालेस्टाइन समाचार एजेन्सीले उक्त हमलामा ३२ जनाको मृत्यु भएको भनिरहेको छ ।
प्यालेष्टाइनी शरणार्थीका लागि संयुक्त राष्ट्र संघले चलाइरहेको संस्था (यूएनआरडब्ल्यूए)का अनुसार दिएर अल –बलाहस्थित अल अक्सा मार्टेयर अस्पतालबाट कम्तीमा ३० जनाको शव प्राप्त भएको बताइएको छ ।
गत वर्षदेखि जारी छ इजरायल र हमासको द्वन्द्व
गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा छिरेर हमला गरेको थियो, जसमा करिब १ हजार १ सय ६० जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश इजरायली नागरिक रहेका थिए ।
आक्रमणपछि हमासका आतङ्ककारीहरूले २५० भन्दा बढी इजरायली र विदेशीहरूलाई बन्धक बनाएर गाजामा लगेका थिए । यस द्वन्द्वका बिच हमासले केही बन्धकहरूलाई रिहा गरेको भए पनि ९९ जना बन्धकहरू अझै हमासको कैदमा रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ जेठ २०८१, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ