जनकपुरधाम । जनमत पार्टीका सांसद सतिश सिंह मधेस प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्।
जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार बुधबार ढलेपछि मधेसको तेस्रो मुख्यमन्त्रीको रूपमा सिंह मुख्यमन्त्री बन्न लागेका हुन्।
जनमत पार्टीका प्रवक्ता डा. सरद सिंह यादवले सिंहलाई मधेसको मुख्यमन्त्रीमा पठाउने निर्णय भएको बताए।
जनमत पार्टीको नेतृत्वमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकार बनाउन लागेको हो।
जनमतका संसदीय दलका नेता महेश प्रसाद यादव भए पनि सिंहलाई मुख्यमन्त्री बनाउन लागिएको हो।
सिंह यसअघि २०७४ मा तत्कालीन राजपा पार्टीबाट तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षको रूपमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ जेठ २०८१, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले तिरायो ५ सय जरिवाना
मधेशका मुख्यमन्त्रीसँग मन्त्री रावलले गरिन् छलफल
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ