जनकपुरधाम । जनमत पार्टीका सांसद सतिश सिंह मधेस प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्।
जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार बुधबार ढलेपछि मधेसको तेस्रो मुख्यमन्त्रीको रूपमा सिंह मुख्यमन्त्री बन्न लागेका हुन्।
जनमत पार्टीका प्रवक्ता डा. सरद सिंह यादवले सिंहलाई मधेसको मुख्यमन्त्रीमा पठाउने निर्णय भएको बताए।
जनमत पार्टीको नेतृत्वमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकार बनाउन लागेको हो।
जनमतका संसदीय दलका नेता महेश प्रसाद यादव भए पनि सिंहलाई मुख्यमन्त्री बनाउन लागिएको हो।
सिंह यसअघि २०७४ मा तत्कालीन राजपा पार्टीबाट तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षको रूपमा निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ जेठ २०८१, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त
मधेशका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा
मधेस प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री यादवले विश्वासको मत लिने