जनकपुर । सरोज यादव नेतृत्वको सरकार ढलेपछि मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्।
बुधबार राति प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन्।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखबाट सरकार गठनको आह्वान भएको जानकारी दिएका हुन्।
मुख्यमन्त्री भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन्।
‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मिति २०८१-०२-२५ गते शुक्रबार बिहान १० बजेभित्र मधेस प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न माननीय प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीज्यूले आव्हान गर्नु भएको बेहोरा जानकारीका लागि अनुरोध छ,’ सूचनामा भनिएको छ।
बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत मागेका थिए। तर, उनले आफू नेतृत्वको सरकार जोगाउन आवश्यक बहुमत प्राप्त गर्न सकेका थिएनन्। उनको पक्षमा ५० र विपक्षमा ५३ मत खसेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ जेठ २०८१, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि सरकारले सार्वजनिक गर्यो राष्ट्रिय सदाचार नीति (पुर्णपाठ)
सरकारको सय दिने कार्यकाल: यस्ता छन् मुख्य उपलब्धि (पूर्णपाठ)
सरकारको १०० दिने उपलब्धि सार्वजनिक, मन्त्रालय घटाउँदा २० अर्ब बचत
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
बालेन सरकारको १०० दिन: कूटनीतिमा नयाँ अभ्यास, भारत–चीनसँग सन्तुलित सम्बन्ध
फरेन्सिक क्षेत्रका विशेषज्ञका लागि स्नातकोत्तर योग्यता अनिवार्य बनाउन सरकारको प्रस्ताव