पर्सा। हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको विहार राज्य पूर्वीचम्पारण रक्सौलका २९ वर्षीय बबलुराज रौनियार रहेका छन् ।
उनलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बाइपासस्थित सडक खण्डबाट पक्राउ गरेको हो ।प्रहरीले उनको साथबाट ५ लाख ९० हजार नेपाली रुपैयाँसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक भारतीले जानकारी दिए ।
डीएसपी भारतीका अनुसार पैदल हिँडिरहेका रौनियारले बोकेको कालो ब्यागमा उक्त परिमाणको रकम बरामद भएको छ ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ