काठमाडौँ । बुधबार सेयर बजार ५.५८ अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से सूचक ५.५८ अंकले घट्दै २ हजार ७९.७१ विन्दुमा झरेको हो ।यस्तै बुधबार 'क' वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.४१ अंकले घट्दै ३७१.६१ विन्दुमा झरेको छ ।
बुधबार फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रो फाइनान्स र म्युचुअल फण्डको उपसूचक धनात्मक भएका छन् भने बाँकी ८ वटा उपसूचक ऋणात्मक भएका छन् । तर बुधबार इन्भेष्टमेन्ट समूहको उपसूचक भने स्थिर रहेको छ ।
म्युचुअल फण्ड समूहको उपसूचक बुधबार सबैभन्दा बढी ४.९२ प्रतिशतले बढ्दा माइक्रो फाइनान्स समूहको उपसूचक १.३१ प्रतिशतले बढेको छ ।बुधबार कूल ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँ बराबरको ८० लाख ४२ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
सबैभन्दा बढी एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिडेडको १९ करोड ३ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १८ करोड ४३ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बुधबार भगवती हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीले १० प्रतिशतले कमाएका छन् भने अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीका सेयरधनीहरुले ५.५१ प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार २६२० अंकमा
यो साता १.३१ प्रतिशत घट्यो सेयर बजार
८.१४ अंकले घट्यो सेयर बजार
४.५ अंकले घट्यो सेयर बजार
बढ्यो नेप्से, १० अर्ब ८७ करोडको कारोबार
२.०७ अंकले बढ्यो सेयर बजार