काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/०८२ मौद्रिक नीति खुला भएर लचिलो मौद्रिक नीति ल्याउने बताएबा छन । आईतवार काठमाडौंमा भएको इकोनोमिक मिडिया सोसाईट नेपाल (इम्सन) को कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन । उनले राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो र तेस्रो समिक्षामा नै लचिलो मौद्रिक नीति अपनाउँदै आएको बताए । उनले आगामी मौद्रिक नीतिमा पनि सरोकारवाला निकायहरुसँग आवश्यक छलफलको माध्यमबाट खुला मौद्रिक नीति ल्याउने बताए । उनले मौद्रिक नितिका विषयमा छलफल शुरु गरेको भन्दै कर्जा र ब्याजदर धेरैको चासो रहेको बताए ।
गभर्नर अधिकारीले विगत एक वर्षदेखि बैंकको ब्याजदर सहज हुँदै आएपछि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा एकोमोडेटिप पोलिसी एडप्ट गरिरहेको बताए। उनले नेपालको लगानी,पुँजीगत खर्च उत्पादनशिल नभएको बताए । उनले लगानी उत्पादनशिल बनाउनको लागि राष्ट्र बैंकले लिएका नीति अनुसार बैंकको लगानी सही ठाउँमा सदुपयोग गर्न आवश्यक रहेको बताए । उनले कर्जाको लगानी उत्पादनमुलक क्षेत्रमा लगाउन निजी क्षेत्रलाई आग्रह गरे । उनले कृषि क्षेत्रलाई चलायमान बनाउन र यसको वृद्धिका लागि बजेटमा विशेष ध्यान दिएको बताए ।
उनले भने,‘अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट इमान्दारीपूर्वक ल्याउनुभएको छ । खोतल्दै जाँदा निस्केलान कतिपय कुराहरु त्यो अलग कुरा हो । बजेटको सबैभन्दा महत्वपूर्ण पक्षा निजी क्षेत्रलाई कसरी साथमा लिन सकिन्छ भनेर बारम्बार सम्बोधन गर्न खोजिएको छ । निजी क्षेत्रको महत्वपूर्ण माग थियो । रिसिएभल सम्बन्धि ऐन नै बनाएर पेश गर्ने कुरा भएको छ । सूचना प्रविधिमा सूचना केन्द्र,हब बनाउने विषय छन् । गत एक वर्षमा मात्रै ७० अर्ब प्रविधि निर्यात भएको कुरालाई आगामी दिनमा क्यास गर्न सकिन्छ । भन्ने सोचबाट बजेट आएको छ । ६० प्रतिशत रहेको कृषिलाई प्राथमिकतामा राख्ने कुराहरु परेका छन् । बजेटका प्राथमिकता र उद्देश्यहरु स्पष्ट छन् । तर निजी क्षेत्र र सरकार आफै बजेट कार्यान्वयनमा गहिरिएर लाग्नुपर्छ । खर्च गर्ने सयन्त्रमा खाल गर्नुपर्ने छ । समयमा नै पुँजीगत खर्चको सुरुवात भयो भने सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । ५।५ प्रतिशत मूल्यवृद्धि कायम राख्ने लक्ष्य राखेको छ । आगामी आर्थिक वर्षमा लक्ष्य पूरा हुने अवस्था देख्छु । बजेटमा ठूलो महत्वकांक्षी र आकार पनि ठूलो आएको छैैन । मुलुकको अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमध्ये विगत दुई वर्षदेखि चुनौतीपूर्ण क्षेत्र सार्वजनिक वित्त हो । मुलुकको चालु खर्च नियन्त्रण भन्दा बाहिर छ । फिक्स छ । बजेटलाई जुटाउनु पर्ने राजश्व जुन हो । त्यसका स्रोत सिमित छन् । आर्थिक सिथिलताको समयमा राजश्व संकुचित छन् । कयौं सिमाहरुभित्र बसेर नै बजेट बनेको छ । जस्तो आकाक्षा बजेटले राखेको छ । विकास र निजी क्षेत्रलाई सँगसँगै लिएर जाने हुटहुटी बजेटका देखिन्छ । मौद्रिक नितिका विषयमा छलफल शुरु गरेका छौँ । मौद्रिक नीति सबै क्षेत्र र सरोकारवालाहरुलाई राखेर पनि छलफल गछौं । कर्जा र ब्याजदर धेरै चासो भएको छ । विगत एक वर्षदेखि बैंकको ब्याजदर सहज हुँदै आएपछि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा एकोमोडेटिप पोलिसी एडप्ट गरिसकेका छौं । पछिल्लो पोलीसी रेट हेर्दा ५ प्रतिशत छ । मौद्रिक नीतिमा सहजता गर्दै आएका छौं । मेरो गुनासो पनि छ । २ वर्ष मैले गाली र गुनासो मात्रै सुने । नेपालको लगानी उत्पादनमुलक भएन । पुँजीगत खर्च पनि उत्पादनशिल भएन । लगानी उत्पादनसिल बनाउनको लागि राष्ट्र बैंकले लिएका नीतिहरु बैंक स्रोतलाई सही ठाउँमा सदुपयोग भएन । कर्जाको लगानी उत्पादनमुलक क्षेत्रमा लगाएनौ । लगानी उत्पादनमा क्षेत्रमा लगाउने आग्रह गर्द्छु। राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति खुला भएर बनाउँछौं ।’
उनले बजेटमा लिएका लक्ष्यअनुसार ६ प्रतिशतको आर्थिक वृद्धि र ५।५ प्रतिशतको मुद्रास्फिति कायम राख्न सकिन्छ भन्नेमा आफू ढुक्क रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ जेठ २०८१, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैङ्कले गर्यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ
गभर्नर विश्वनाथ पौडेलविरुद्धको रिटमा आज पेसी
गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्चमा रिट
विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति
गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त