काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमार्फत सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने बताएका छन् । आइतबार पार्टी प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले आगामी असारमा हुने महाधिवेशनले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयासस्वरुप छलफलहरू भइरहेको बताए ।
‘सकेसम्म अन्तिम प्रयास गरेर सहमतिपूर्ण नेतृत्व चयन गर्छौ’, खनालले भने, ‘त्यसका लागि छलफल भइरहेका छन् । अझै पनि छलफल गर्छौ ।’ नेता खनालले १० महाधिवेशनले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिने दाबी समेत गरे ।
एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनमा चारवटा दस्ताबेजहरू पेश गरेर पारित गर्नुका साथै नयाँ नेतृत्व समेत चयन हुँदैछ ।
नेतृत्वका लागि वर्तमान अध्यक्ष नेपाल र सम्मानित नेता खनालबिच प्रतिस्पर्धा हुने नेता कार्यकर्ताको बुझाई छ । पत्रकार सम्मेलनमा महासचिव घनश्याम भुसालले आफ्नो पार्टीको संरचनाले नै पार्टीमा भ्रष्टाचारीहरू रहन नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'एमालेले निकाले पनि भीम रावल देशभक्त नेता हो’ : झलनाथ खनाल
लिपुलेकमात्र होइन, सुगौली सन्धिअघिका सबै भू-भाग नेपालकै हुन्: झलनाथ खनाल
झलनाथ र खड्गबहादुर विश्वकर्माबिच छलफल
माधव नेपाललाई भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, तर गलत बुझियो : झलनाथ खनाल
दलहरू मुलुकको आर्थिक तथा सामाजिक सुधारका लागि गम्भीर हुनुपर्छ : नेता खनाल
'हरेकदिन २५ सय मानिस विदेशिन्छन्, यही हो बहुदलीय जनवाद ?' : झलनाथ खनाल