तेल अभिभ । इजरायलका दुई कट्टर दक्षिणपन्थी मन्त्रीहरूले राजीनामा दिने धम्की दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार सार्वजनिक गरेको युद्ध विरामको प्रस्तावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सहमति जनाएपछि अर्थमन्त्री बिजलेल स्मोट्रिख र राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन–ग्भिरले हमासलाई नष्ट गर्नुअघि गरिने कुनै पनि सम्झौताको विरोध गर्ने बताएका हुन् ।
उता, प्रतिपक्षका नेता याइर ल्यापिडले भने सो योजनालाई नेतन्याहुले समर्थन गरे सरकारलाई सघाउने वाचा गरेका छन् । हमासको सेना र सञ्चालन क्षमता नष्ट गरेर सबै बन्दीलाई रिहा नगरिँदासम्म युद्धविराम नहुनेमा नेतन्याहुले पनि जोड दिँदै आएका छन् ।
बाइडेनले शुक्रबार नेतन्याहुलाई तीन हिस्साको प्रस्ताव पठाएका थिए । प्रस्ताव ६ हप्तासम्म युद्धविरामबाट शुरु हुनेछ । यसमा गाजाबाट इजरायली रक्षा बलका सेना फिर्ता गरिनेछ ।
सम्झौतामा सबै बन्दीहरूलाई रिहा गर्ने, स्थायी रूपमा हिंसा बन्द गर्ने र गाजाको पुनः संरचनाको मुख्य योजना पनि छ । हमासको नामोनिशान मेटेर बन्दीहरूलाई फिर्ता नल्याइकन नेतन्याहुले युद्ध विरामको प्रस्तावलाई मन्जुरी दिए भने सरकार छाड्ने सामाजिक सञ्जालमा स्मोट्रिखले लेखेका थिए ।
स्मोट्रिखकै अडानलाई दोहोर्याउँदै बेन ग्भिरले पनि सम्झौताको अर्थ युद्ध सकियो अनि हमासलाई ध्वस्त पार्ने लक्ष्य त्यागेको भन्ने हुन्छ भनेका छन् ।
सो प्रस्ताव मान्नुभन्दा सरकार विघटन गर्ने चेतावनी उनले दिएका छन् । नेतन्याहुको संसद्मा झिनो बहुमत छ । गाजामा युद्ध विरामको विषयमा उनले गठबन्धनका साझेदारहरूबाट चर्को आलोचना र धम्की खेपिरहेका छन् ।
नेतान्याहुलाई गाजाको युद्धविराम थाल खाउ कि भात भइरहेको छ । अमेरिकाले नेतन्याहुलाई निरन्तर युद्धविरामका लागि दबाब दिइरहेको छ । यो सरकार टिकाउन नेतन्याहुलाई ग्भिर र स्मोट्रिख दुबै दलको खाँचो छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलद्वारा गाजामा भीषण बमबारी, पूरै सहर कब्जा गर्ने तयारी
इजरायलले भन्यो-‘विपिन जोशीको अवस्था अज्ञात’
गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने इजरायलको घोषणा
गाजामा इजरायलले खसाल्न थाल्यो मानवीय सहायता
गाजामा हजारौँ भवन ध्वस्त पार्दै इजरायल
इजरायलको आक्रमणमा इरानका राष्ट्रपति घाइते : रिपोर्ट