तेल अभिभ । इजरायलका दुई कट्टर दक्षिणपन्थी मन्त्रीहरूले राजीनामा दिने धम्की दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार सार्वजनिक गरेको युद्ध विरामको प्रस्तावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सहमति जनाएपछि अर्थमन्त्री बिजलेल स्मोट्रिख र राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन–ग्भिरले हमासलाई नष्ट गर्नुअघि गरिने कुनै पनि सम्झौताको विरोध गर्ने बताएका हुन् ।
उता, प्रतिपक्षका नेता याइर ल्यापिडले भने सो योजनालाई नेतन्याहुले समर्थन गरे सरकारलाई सघाउने वाचा गरेका छन् । हमासको सेना र सञ्चालन क्षमता नष्ट गरेर सबै बन्दीलाई रिहा नगरिँदासम्म युद्धविराम नहुनेमा नेतन्याहुले पनि जोड दिँदै आएका छन् ।
बाइडेनले शुक्रबार नेतन्याहुलाई तीन हिस्साको प्रस्ताव पठाएका थिए । प्रस्ताव ६ हप्तासम्म युद्धविरामबाट शुरु हुनेछ । यसमा गाजाबाट इजरायली रक्षा बलका सेना फिर्ता गरिनेछ ।
सम्झौतामा सबै बन्दीहरूलाई रिहा गर्ने, स्थायी रूपमा हिंसा बन्द गर्ने र गाजाको पुनः संरचनाको मुख्य योजना पनि छ । हमासको नामोनिशान मेटेर बन्दीहरूलाई फिर्ता नल्याइकन नेतन्याहुले युद्ध विरामको प्रस्तावलाई मन्जुरी दिए भने सरकार छाड्ने सामाजिक सञ्जालमा स्मोट्रिखले लेखेका थिए ।
स्मोट्रिखकै अडानलाई दोहोर्याउँदै बेन ग्भिरले पनि सम्झौताको अर्थ युद्ध सकियो अनि हमासलाई ध्वस्त पार्ने लक्ष्य त्यागेको भन्ने हुन्छ भनेका छन् ।
सो प्रस्ताव मान्नुभन्दा सरकार विघटन गर्ने चेतावनी उनले दिएका छन् । नेतन्याहुको संसद्मा झिनो बहुमत छ । गाजामा युद्ध विरामको विषयमा उनले गठबन्धनका साझेदारहरूबाट चर्को आलोचना र धम्की खेपिरहेका छन् ।
नेतान्याहुलाई गाजाको युद्धविराम थाल खाउ कि भात भइरहेको छ । अमेरिकाले नेतन्याहुलाई निरन्तर युद्धविरामका लागि दबाब दिइरहेको छ । यो सरकार टिकाउन नेतन्याहुलाई ग्भिर र स्मोट्रिख दुबै दलको खाँचो छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा
इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी
अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको आह्वान