काठमाडौं । चीनले मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा पहिलो पटक अवतरण गरेको जनाएको छ । यसअघि चन्द्रमाको उक्त क्षेत्रमा जान कसैले पनि जान प्रयास गरेका थिएनन् ।
चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए) द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बेइजिङको समय अनुसार बिहान ६:२३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।’
मे ३ बाट चीनले सुरु गरेको यो अभियानको उद्देश्य चन्द्रमाको यस भागबाट चट्टान र माटो संकलन गरी पृथ्वीमा ल्याउनु हो।चन्द्रमाको सबैभन्दा पुरानो चट्टानहरू संकलन गर्न कामयाव यो सफलता ऐतिहासिक रहेको टिप्पणी भइरहेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र बनेको हो ।
चन्द्रमाको दक्षिणी ध्रुवमा अवस्थित एउटा ठूलो क्रेटरमा चिनियाँ मानवरहित अन्तरिक्ष यान अवतरण भएको हो । सीएनएनले चन्द्रमामा अन्तरिक्ष यात्रीहरू राख्ने देशको आकांक्षालाई अगाडि बढाउने चीनको महत्वाकांक्षी अभियानको लागि महत्वपूर्ण सफलता भनेको छ । एक प्रमुख अन्तरिक्ष शक्ति बन्ने चीनको चाहनामा यो एक कोषेढुंगा बन्ने उसले टिप्पणी गरेको छ ।
चन्द्रमाको सुदूर छेउमा सफलतापूर्वक पुग्ने अभियानलाई चीनले पहिलो पटक सन् २०१९ मा चाङ’ई-४ यान पठाएर सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २० जेठ २०८१, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल