काठमाडौँ । विभिन्न स्थानबाट लागु औषधसहित १६ जना पक्राउ परेका छन् । सुनसरी, कैलाली, कपिलवस्तु, पाँचथर लगायतका जिल्लाहरूबाट १६ जना पक्राउ परेका हुन् ।प्रहरीका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका–६ तिनुवा नहरबाट लागुऔषध गाँजा करिब २८ किलो ३ सय ग्रामसहित धरान उपमहानगरपालिका–१६ बस्ने २० वर्षीय अर्जुन राई समेत ३ जना पक्राउ परेका छन् ।
उनीहरु शुक्रवार दिउँसो पक्राउ परेका हुन् । अस्थायी प्रहरी चौकी राजगंज सिनुवारीबाट खटिएको प्रहरीले को.१ ह २०५२ नम्बरको अटोलाई जाँच गर्दा उक्त गाँजा फेला पारी अटो चालक राई र अटोमा सवार अन्य २ जनालाई पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कस्थित डोटी बैतडी होटलबाट ९ सय ४० मिलिग्राम खैरो हेरोइनसहित सोही नगरपालिका–२ बस्ने ३० वर्षीय प्रमोद पनेरू समेत ५ जना पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई शुक्रवार दिउँसो उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–७ देवरियाबाट ब्राउन सुगर ८ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय सेरा भन्ने सुरेन्द्र रानालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उता, पाँचथरको फिदिम नगरपालिका–१ बरडाँडाबाट ब्राउन सुगर २ ग्राम ७ सय मिलिग्राम, ट्रामाडोल ४५ क्याप्सुल र स्पास्पेन ६ ट्याब्लेटसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिदिम नगरपालिका–१० घर भई सोही नगरपालिका–११ तृतीया बस्ने ३० वर्षीय हुसेनबहादुर कटुवाल रहेका छन् । उनलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उक्त लागु औषधसहित पक्राउ गरेको थियो ।
त्यस्तै कपिलवस्तु वाणगंगा नगरपालिका–१० कोरिया चोकबाट ५ ग्राम ५० मिलिग्राम ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका–१० बस्ने ३२ वर्षीय फिरोज मुसलवान र २७ वर्षीय सलाउदिन गद्धी रहेका छन् । इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुबाट खटिएको प्रहरीले लु.७ प ६५४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै चितवनको राप्ती नगरपालिका–२ गडौली बस्ने ३६ वर्षीय सूर्यबहादुर तामाङलाई करिब ४ किलोग्राम गाँजा सहित शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यता, झापाको अर्जुनधारा नगरपालिका–८ बाट ३ सय १० मिलिग्राम ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–१० ब्याड डाँडा घर बताउने २२ वर्षीय आकाश राजवंशी र अर्जुनधारा नगरपालिका–९ प्रणामी मन्दिर छेउ घर बताउने २५ वर्षीय विकाश सहनी रहेको प्रहरीले जनाएको छ । । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यसैगरी शनिवार बिहान वीरगन्ज महानगरपालिका–१६ बाट लागु औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१ नवलपुर बस्ने २८ वर्षीय सुरज विक रहेका छन् । उनको साथबाट डाईजेपाम ५२ एम्पुल, फेनारगन ५२ एम्पुल, नुर्फिन ५२ एम्पुल र नाईट्राभेट ९ सय ट्याब्लेट बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ जेठ २०८१, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २१ जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
युवकको मलद्वारमा फेला पर्यो ब्राउन सुगर
लागु औषधसहित एक युवक पक्राउ
लागु औषधसहित दुई पक्राउ
भारतबाट ई-रिक्सामा लागु औषध ल्याउँदै गरेका चालक पक्राउ