काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले उज्यालो भविष्यको यात्रामा रहेको बताएका छन् । पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा राजधानीमा आयोजित राष्ट्रिय महिला भेलाको हिजो (बिहीबार) समापन कार्यक्रममा महासचिव पोखरेलले उक्त कुरा स्पष्ट गरेका हुन् ।
वर्तमान सरकारमा एमालेको उपस्थिति कमजोर रहेको टिप्पणीहरू हुने गरेको सन्दर्भमा महासचिव पोखरेलले एमालेले तत्कालका बारेमा मात्र नसोचेको र भविष्यमा बारेमा ध्यान केन्द्रित गरिरहेको बताए । एमाले जनतामा सबैभन्दा लोकप्रिय पार्टी हुँदाहुँदै पनि घेराबन्दीमा परेको अवस्थालाई अन्त्यका लागि अहिलेको समीकरण बनाइएको र यसलाई २०८४ को निर्वाचनसम्म कायम राख्ने बताए ।
पोखरेलले भने,–‘नेकपा (एमाले)लाई भविष्यको निर्णायक शक्तिको रूपमा स्थापित गर्ने र कसैको सहारा विना बहुमतको सरकार निर्माण गर्ने उदेश्यका साथ यात्रामा जुटेका छौं, हामी आजको सोचिरहेका छैनौं, भविष्यका लागि सोचिरहेका छौँ । उज्यालो भविष्यको यात्रातर्फ हामीले आफूलाई केन्द्रित गर्न लागिरहेका छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ पुस्ताको विश्वास जित्नेगरी पार्टी गतिविधि अघि बढाऔं : शंकर पोखरेल
‘आफ्नै भूलबाट नसिक्ने मूर्ख मानिन्छन्’ : शंकर पोखरेल
धैर्य गरौँ, हामी फेरि उठ्ने छौँ: शंकर पोखरेल
पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा : शंकर पोखरेल
सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुँदैन: शंकर पोखरेल
अस्थिरताका रोगीहरू सरकार ढल्ने हल्ला चलाउँदै छन्: शंकर पोखरेल