काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले उज्यालो भविष्यको यात्रामा रहेको बताएका छन् । पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा राजधानीमा आयोजित राष्ट्रिय महिला भेलाको हिजो (बिहीबार) समापन कार्यक्रममा महासचिव पोखरेलले उक्त कुरा स्पष्ट गरेका हुन् ।
वर्तमान सरकारमा एमालेको उपस्थिति कमजोर रहेको टिप्पणीहरू हुने गरेको सन्दर्भमा महासचिव पोखरेलले एमालेले तत्कालका बारेमा मात्र नसोचेको र भविष्यमा बारेमा ध्यान केन्द्रित गरिरहेको बताए । एमाले जनतामा सबैभन्दा लोकप्रिय पार्टी हुँदाहुँदै पनि घेराबन्दीमा परेको अवस्थालाई अन्त्यका लागि अहिलेको समीकरण बनाइएको र यसलाई २०८४ को निर्वाचनसम्म कायम राख्ने बताए ।
पोखरेलले भने,–‘नेकपा (एमाले)लाई भविष्यको निर्णायक शक्तिको रूपमा स्थापित गर्ने र कसैको सहारा विना बहुमतको सरकार निर्माण गर्ने उदेश्यका साथ यात्रामा जुटेका छौं, हामी आजको सोचिरहेका छैनौं, भविष्यका लागि सोचिरहेका छौँ । उज्यालो भविष्यको यात्रातर्फ हामीले आफूलाई केन्द्रित गर्न लागिरहेका छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल