काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार १९.८९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०६९ अंकमा झरेको छ । दिनभर कुल ४ अर्ब २१ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएको थियो ।
यस दिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.५ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ १.७२, विकास बैंक ०.९७, लगानी १.१७, जीवन बीमा १.१३, माइक्रोफाइनान्स १.९६, निर्जीवन बीमा १.०७, अन्य ०.८१ र ब्यापार ०.३३ प्रतिशत घटे । उत्पादन समूह १.२३, हाइड्रोपावर ०.४९ र फाइनान्स समूहको सूचक ०.१५ प्रतिशत बढे ।
नेपाल फाइनान्स, अपर लाहोरेखोला, भगवती हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । युनिलिभरको मूल्य ९.५०, ग्रीन भेन्चरको ६.९, सुपरमादी हाइड्रोपावरको ६ प्रतिशत मूल्य बढ्यो ।
पोखरा फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । कालिन्चोक दर्शन, बाराही हाइड्रोपावरको ६.७ तथा नेपाल वेयरहाउजिङको मूल्य ५.९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप, जानाकी फाइनान्स, सीईडीबी हाइड्रोपार र कालिन्चोक दर्शन क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ जेठ २०८१, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार