काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्ने भएको छ । लामिछानेलाई पदबाट हटाउन माग गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।
रिटको पेशी न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेपछि हेर्न नमिल्ने भएको हो । यसअघि हिजो पनि यो रिट न्यायाधीश सुनिलकुमार पोखरेलकै इजलासमा परेकोले हेर्न नमिल्ने थियो । तर रिट दायरकर्ताले नै स्थगित गर्न माग गरेपछि सुनुवाई भएन ।
न्यायाधीश हुनुअघि पोखरेल लामिछानेका कानूनी सल्लाहकार थिए । यही कारण ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ का कारणले रिट हेर्न नमिल्ने भएको हो । अधिवक्ता अनुपम भट्टराईले लामिछाने पदमा रहेकै अवस्थामा सहकारीको रकम अपचलनको अनुसन्धान गरिँदा लामिछानेले अनुचित प्रभाव पार्न सक्ने दाबीसहित अनुसन्धान चलिरहँदा उनलाई पदबाट हटाउन माग गर्दै रिट दायर गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ जेठ २०८१, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यरात बालुवाटारको सडकमा सुदन गुरुङको अर्काे लफडा, आमेप्रकाश अर्याललाई गृहमन्त्री बनाएको भन्दै सुशीला कार्कीकै राजीनामा माग
द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक
सिपाही, हवलदारलाई तल्लो दर्जा भन्ने होइन : गृहमन्त्री
कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन
कैलाली कारागार घटनाबारे छलफल गर्न गृहमन्त्रीलाई संसदीय समितिले बोलायो
गृहमन्त्रीले बोलाए विधेयक समितिको बैठक