काठमाडौ । काभ्रेको बनेपामा एकै ठाउँमा ६ वटा सवारी साधन ठोक्किँदा दुई जना घाइते भएका छन्।
बुधबार साँझ बनेपा ननगरपालिका-१३ साँगाको पुतली रिसोर्ट अगाडि ६ वटा सवारी साधन इकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
सुरुमा सडक छेउमा रोकी राखेको बा.प्र.०१००३ क ९९४५ नम्बरको ट्यांकरसँग साँगाबाट बनेपातर्फ आईरहेको बा.६३ प ७ नम्बरको मोटरसाइकल ठोकिएको थियो।
लगत्तै सोही ठाउँमा बा.प्र.०२-०४४ प ०५७३ नम्बरको स्कुटरसँगै सोही दिशाबाट आईरहेको बा.७ च ४५३७ नम्बरको कार पनि सोही ट्यांकरमा ठोक्किएका थिए।
त्यसपछि एकपछि अर्को गर्दै बा.प्र.०१-०२६ च ९२३९ नम्बरको योद्धा गाडी कारमा बीएसीओ१२३ नम्बरको कार योद्धा गाडीमा, ना.७ ख ५४१ नम्बरको मालबाहक ट्रक कारमा गई ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बा.६३ प ७ नम्बरको मोटरसाइकल चालक काभ्रेको पनौती नगरपालिका २ बस्ने वर्ष ४८ को प्रकाश सापकोटा र बाप्र-०२-०४४ प ०५७३ नम्बरको स्कुटरकी चालक बनेपा ५ कि १८ वर्षीया देविना कर्मचार्य घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
घाइतेको शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्यांकर र मालबाहक ट्रकबाहेक सबै सवारी साधनमा क्षति भएको श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ जेठ २०८१, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु