काठमाडौ । काभ्रेको बनेपामा एकै ठाउँमा ६ वटा सवारी साधन ठोक्किँदा दुई जना घाइते भएका छन्।
बुधबार साँझ बनेपा ननगरपालिका-१३ साँगाको पुतली रिसोर्ट अगाडि ६ वटा सवारी साधन इकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
सुरुमा सडक छेउमा रोकी राखेको बा.प्र.०१००३ क ९९४५ नम्बरको ट्यांकरसँग साँगाबाट बनेपातर्फ आईरहेको बा.६३ प ७ नम्बरको मोटरसाइकल ठोकिएको थियो।
लगत्तै सोही ठाउँमा बा.प्र.०२-०४४ प ०५७३ नम्बरको स्कुटरसँगै सोही दिशाबाट आईरहेको बा.७ च ४५३७ नम्बरको कार पनि सोही ट्यांकरमा ठोक्किएका थिए।
त्यसपछि एकपछि अर्को गर्दै बा.प्र.०१-०२६ च ९२३९ नम्बरको योद्धा गाडी कारमा बीएसीओ१२३ नम्बरको कार योद्धा गाडीमा, ना.७ ख ५४१ नम्बरको मालबाहक ट्रक कारमा गई ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बा.६३ प ७ नम्बरको मोटरसाइकल चालक काभ्रेको पनौती नगरपालिका २ बस्ने वर्ष ४८ को प्रकाश सापकोटा र बाप्र-०२-०४४ प ०५७३ नम्बरको स्कुटरकी चालक बनेपा ५ कि १८ वर्षीया देविना कर्मचार्य घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
घाइतेको शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्यांकर र मालबाहक ट्रकबाहेक सबै सवारी साधनमा क्षति भएको श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ जेठ २०८१, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते