सुर्खेत । सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको हो ।
प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ । जिप बिहीबार बिहान दुई बजेतिर दुर्घटना भएको भएपनि ढिलो गरी मात्रै थाह भएकाले यतिबेला प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ ।
जिपमा ८ जना सवार रहेको अनुमान गरिएको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले अहिलेसम्म दुई जनाको शव उद्धार गरेर सडकमा ल्याइएको र बाँकी दुई जनाको ल्याउने तयारी भइरहेको छ । बाँकीको खोजी कार्य पनि भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ जेठ २०८१, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते
मुग्लिङ-नारायणगढ सडक खण्डमा ७ वटा गाडी एकआपसमा ठोक्किए
डोटीमा जिप दुर्घटना, एक महिलाको मृत्यु
ट्रक दुर्घटनामा २ घाइते
सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भीर घाइते
डोटीमा गाडी दुर्घटना, एक महिलाको मृत्यु, ६ बालबालिकासहित २१ घाइते