काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८१ प्रतिशतले घटेको छ । सेयर बजारका लगानीकर्ताका अनुसार बजेटमार्फत सरकारले बजार सुधारको योजना समेट्न सकेन । यद्यपि, यो क्षेत्रलाई थप बिगार्ने नीति समेत नलिएको उनीहरूको प्रतिक्रिया थियो । तर बुधबार बजेटपछि पहिलोपटक भएको कारोबारमा परिसूचक दोहोरो अंकले खुम्चिएको हो ।
१.१२ प्रतिशतले खुम्चिएसँगै नेप्से परिसूचक २०८९ अंकले घटेको छ । यसक्रममा बुधबार ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता सेयर किनबेच भएको छ । परिसूचक घटेपनि ५६ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।
यस्तै १९१ वटाको मूल्य घटेको छ । यसबाहेक बुधबार ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । युनिलिभर, कालिञ्चाके दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो ।
बुधबार ४ वटा समूहको सूचक समेत बढेको छ । वित्त, होटल र टुरिजम, उत्पादनमूलक र व्यापार समूहको सूचक बढेको हो । यसबाहेक अन्य समूहको सूचक घटेको छ । जीवन बीमा समूहको सबैभन्दा धेरै १३४ अंक र निर्जीवन बीमा समूहको सूचक १०४ अंकले घटेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ जेठ २०८१, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार