काठमाडौं । कोशी प्रदेश सरकारको गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज रहेको छ।
केदारलाई पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि उनी सर्वोच्च पुगेका हुन् ।
गत वैशाख २६ गते तत्कालीन मुख्यमन्त्री रहेका केदारलाई स्वत पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले २७ गते हिक्मतलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए। यता, केदार पनि सोही उपधारा अनुसार २७ असोजमा नियुक्त भएका हुन्।
त्यसपछि, केदारले हालका मुख्यमन्त्री हिक्मतलाई पदमुक्त गरी आफूलाई नियन्तरता दिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ जेठ २०८१, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
सरकारको ‘मेरिट’ नियुक्ति माथि प्रश्न : पिएसबी अध्यक्षमा हिजो आवेदन आह्वान, आजै सूचना रद्द, कसका लागि तयार हुँदैछ नियुक्ति प्रक्रिया ?
सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति