काठमाडौं । कोशी प्रदेश सरकारको गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज रहेको छ।
केदारलाई पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि उनी सर्वोच्च पुगेका हुन् ।
गत वैशाख २६ गते तत्कालीन मुख्यमन्त्री रहेका केदारलाई स्वत पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले २७ गते हिक्मतलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए। यता, केदार पनि सोही उपधारा अनुसार २७ असोजमा नियुक्त भएका हुन्।
त्यसपछि, केदारले हालका मुख्यमन्त्री हिक्मतलाई पदमुक्त गरी आफूलाई नियन्तरता दिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ जेठ २०८१, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
जाँचबुझ आयोगमा रमेश लेखकको बयान : बल प्रयोगको आदेश मैले दिएको होइन
सरकार र दलका शीर्ष नेताबिचको संवादमा ‘ब्रेक थ्रु’
रास्वपाको माग : विदेशमा रहेका नेपालीलाई पनि मतदान अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह
सरकार जेन जेडबीच भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता
सरकार र जेन जेडबीच सम्झौतामा हस्ताक्षर हुँदै